काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि हालै राष्ट्रपतिसमक्ष पेस गरिएको थियो । संवैधानिक प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको हो ।
विधेयक जारी भएसँगै अब यसले कानुनी रूप लिएको छ । विकासका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत परिचालन, लगानी व्यवस्थापन तथा वित्तीय संरचनालाई व्यवस्थित गर्ने उद्देश्यसहित उक्त विधेयक ल्याइएको बताइएको छ ।