Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 1K
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ताको समय आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म तोकिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पदाधिकारी पदमा उम्मेदवारी दिनेहरूको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गरिने जानकारी दिएका छन् ।

निर्वाचन तालिकाअनुसार प्रारम्भिक नामावली प्रकाशनपछि साँझ ७ः३० बजेदेखि ८ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिनेछ । त्यसपछि ८ः१५ बजेसम्म परेको दाबी विरोधमाथि जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय ८ः३० बजेसम्म तोकिएको छ ।

त्यसैगरी पदाधिकारी पदका उम्मेदवारको अन्तिम नामावली ८ः४५ बजे सार्वजनिक गरिनेछ । त्यसपछि ८ः४५ बजेदेखि ९ः१५ बजेसम्म मौन अवधि रहनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार मतदान प्रक्रिया राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म सञ्चालन हुनेछ । मतदान सकिएपछि राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म मतगणना गरिने र अन्तिम मतपरिणाम राति १ः३० बजे घोषणा गर्ने तयारी गरिएको छ ।

रास्वपाको प्रथम महाधिवेशन गत आइतबारदेखि सुरु भएको हो । महाधिवेशनको बन्दसत्र चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ । पदाधिकारी चयनका लागि हुने निर्वाचनलाई पार्टीको आगामी नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४