Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशैभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 589
    SHARES

काठमाडौं । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा बिहीबार देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ–आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् ।

हिन्दु धार्मिक परम्पराअनुसार निर्जला एकादशीका दिन तुलसीको बीउ रोप्ने प्रचलन रहेको छ । यस दिन राखिएको बीउबाट उम्रिएका तुलसीका बिरुवालाई करिब एक महिनापछि पर्ने आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन विधिपूर्वक घरको तुलसी मठमा सार्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान विष्णुको प्रिय वनस्पतिका रूपमा लिइन्छ । त्यसैले निर्जला एकादशीका दिन तुलसी रोप्ने, पूजा गर्ने र भगवान विष्णुको आराधना गर्ने परम्परा रहिआएको छ ।

हिन्दु संस्कृतिमा तुलसीलाई केवल धार्मिक दृष्टिले मात्र नभई औषधीय गुण भएको महत्वपूर्ण वनस्पतिका रूपमा पनि सम्मान गरिन्छ । घरको आँगनमा तुलसी राख्दा सकारात्मक ऊर्जा आउने, वातावरण शुद्ध हुने र स्वास्थ्यका लागि समेत लाभदायक हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ ।

निर्जला एकादशीमा भक्तजनहरूले निराहार वा फलाहार व्रत बस्ने, पूजा–आराधना गर्ने तथा भगवान विष्णुको स्मरण गर्ने गर्दछन् । वर्षभरिका एकादशीमध्ये निर्जला एकादशीलाई विशेष महत्त्वपूर्ण मानिने भएकाले देशभरका हिन्दु समुदायले श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४