Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘स्वर्णिम वाग्लेको अर्थ-राजनीतिक प्रस्तावमाथि समूहगत छलफल समेत गराइएन’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 323
    SHARES

काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मङ्गलवार उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उपसभापति वाग्लेले प्रस्तुत गरेको पार्टीको अर्थ राजनीतिक प्रस्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रस्तुत अर्थ–राजनीतिक दस्ताबेजमाथि पर्याप्त छलफल नभएको बताए । उनले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको प्रस्ताव आएको भन्दै केही प्रदेशका नागरिकले त्यसलाई स्वीकार गर्न नसकिने समेत बताए ।

उनले उक्त अर्थ राजनीतिक प्रस्तावले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरित रहेको आरोप पनि लगाए । ‘पार्टी उपसभापतिज्यूले बन्दसत्रमा प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक दस्ताबेज कुनैपनि समूहमा छलफल नगराईकन, प्रतिनिधिहरूको बीचमा कुनैपनि किसिमको बहस भएन, गरिएको छैन । त्यो पनि समयको सीमाको कारण ठिकै छ भन्नेकुरा भयो । तर अर्थराजनीकि प्रस्ताव कस्तो आयो भने हाम्रो संघीय शासन प्रणालीमाथि नै अट्याक गर्नेगरी उक्त प्रस्ताव आएको छ । उक्त प्रस्ताव सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका जनताले स्विकार्छन् जस्तो मलाई लाग्दैन’ उनले भने ।

प्रतिनिधिहरूको संख्या अपेक्षाभन्दा बढी भएकाले महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको महाधिवेशन प्रतिनिधि धर्मराज ताम्राकारले बताए । उनले महाधिवेशनको कार्यतालिका व्यवस्थापनमा पार्टी नेतृत्व चुकेको कारण महाधिवेशन प्रतिनिधिलाई समेत गाह्रो हुने अवस्था आएको बताए ।

उनले भने ‘निर्वाचन हिजो नै हुनुपर्ने हो खासमा । तर प्रतिनिधिको संख्या सोचेभन्दा बढी आइदिएको कारणले अहिलेसम्म कुनैपनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । हामी टाढाबाट आएका प्रतिनिधिलाई व्यक्तिगत रूपमा केही समस्या पनि छन् । तर समग्रमा ठिकै छ ।’

महाधिवेशन प्रतिनिधि दयाराम अधिकारीले पार्टीले छोटो समयमा लिएको सङ्गठनात्मक स्वरूपजस्तो महाधिवेशन प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए । उनले पदाधिकारीमा सहमतिको प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हुनसक्ने आशंका व्यक्त गरे । ‘यो चार पाँच वर्षको अवधिमा पार्टी विशाल भइसकेको छ । तर महाधिवेशनको व्यवस्थापनको सम्बन्धमा केही कमजोरीहरू देखिएका छन् । महाधिवेशन प्रतिनिधिको समस्या बुझेर जसरी व्यवस्थापन हुनुपर्थ्यो, त्यस्तो हुन सकेको छैन’ उनले भने ।

महाधिवेशन प्रतिनिधि प्रेमा थारुले महाधिवेशन समयमै सम्पन्न हुन नसकेको र प्रतिनिधि तथा उम्मेदवारको अन्तिम सूचीसमेत सार्वजनिक नभएको भन्दै व्यवस्थापन पक्ष कमजोर देखिएको बताइन् ।

उनले समयमै निर्वाचन प्रक्रिया सुरु हुन नसकेको विषयमा पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताइन् । उनले भनिन् ‘हिजो नै सकिनुपर्ने महाधिवेशन आजसम्म सकिएको छैन । प्रतिनिधि र उम्मेदवारको अन्तिम सूची समेत आइसकेको छैन । व्यवस्थापनको सम्बन्धमा केही फितलो व्यवस्थापन भएकै हो ।’

महाधिवेशन स्थलमा भेटिएका अधिकांश महाधिवेशन प्रतिनिधिहरूले महाधिवेशनको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने धारणा राखेका छन् । केहीले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रस्तावमाथि गम्भीर प्रश्न समेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४