Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनिल, भूपदेव र सुधनसहित बालेन पक्षका १६ नेताले दिएनन् रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 931
    SHARES

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रधानमन्त्री वालेन्द्र शाह पक्षबाट समायोजनमा आएका १६ नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छैनन् ।

रास्वपा सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहकार्यपछि वालेन्द्र पक्षबाट २६ जना नेता पार्टीमा समायोजन भएका थिए । तीमध्ये केही सांसद् निर्वाचित भइसकेका छन् भने केहीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । बाँकी १६ जनाले भने प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेका हुन् ।

उम्मेदवारी नदिनेमा सुनिल लम्साल, भूपदेव शाह, लक्ष्मण थारु, गणेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् । रास्वपाबाट निर्वाचित भई गृहमन्त्री बनेका सुधन गुरुङले समेत उम्मेदवारी दिएका छैनन् ।

महाधिवेशनअघि बसेको अन्तिम बैठकमा सभापति लामिछानेले पार्टीमा चार महिनाअघि प्रवेश गरेकाहरू र चार वर्षदेखि सक्रिय रहेकाहरूबीच समान प्रतिस्पर्धा गराउँदा अन्याय हुन सक्ने धारणा राखेका थिए ।

वालेन्द्र पक्षका एक नेताले यो महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा लिइएको र आफूहरूलाई अलग समूहका रूपमा प्रस्तुत नगर्ने समझदारी भएको बताएका छन् । उनका अनुसार यसपटक उक्त समूहका केही नेताहरू मनोनयनमार्फत केन्द्रीय समितिमा जाने तयारीमा छन् ।

यस समूहबाट सुनिल लम्सालले उपसभापति र भूपदेव शाहले महामन्त्री पदमा दाबी गरेका छन् । दुवै जना मनोनित कोटाबाट सम्बन्धित पदमा चयन हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

प्रस्तावित विधानअनुसार रास्वपाको केन्द्रीय समितिमा सभापतिसहित १३६ सदस्य रहने व्यवस्था गरिएको छ । तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

पार्टीले मनोनित कोटाबाट विवेकशील साझा, थारुहट आन्दोलनलगायत विभिन्न समूहबाट समायोजन भएका नेताहरूलाई समेत समेट्ने तयारी गरेको जनाएको छ ।

हालसम्म सभापतिमा रवि लामिछाने निर्वाचित भइसकेका छन् भने प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता बन्ने निश्चित भएको छ । तीन उपसभापतिमध्ये एक खुला, एक महिला र एक मनोनित रहने व्यवस्था गरिएको छ ।

खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रमुख दाबेदारका रूपमा देखिएका छन् । हालसम्म उक्त पदमा उनको प्रतिस्पर्धी देखिएको छैन ।

महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा भने निर्वाचन हुने सम्भावना रहेको नेताहरू बताउँछन् । यद्यपि ती पदहरूमा समेत सहमतिको प्रयास जारी रहेको जनाइएको छ ।

महिला उपसभापतिका लागि कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । डा. तोसिमा कार्की पनि उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदकी सम्भावित दाबेदार रहेको चर्चा छ ।

खुला महामन्त्री पदमा सहमति जुट्न नसके निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली र यज्ञमणि न्यौपाने चुनावी प्रतिस्पर्धामा उत्रिन सक्ने बताइएको छ । डा. कार्कीलाई पनि महामन्त्री पदका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

यसपटक विधान संशोधनमार्फत रास्वपाले पदाधिकारीको संख्या १२ बाट बढाएर १९ पुर्‍याएको छ । संशोधित व्यवस्थाअनुसार पार्टीमा सभापति, वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४