Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 893
    SHARES

काठमाडाैं । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनी निजी अस्पताल समन्वय समिति ९अफिन० चितवनसँग विशेष सम्झौता गरिएको छ ।

सम्झौताअनुसार भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, “भरतपुर अस्पतालमा बीमाबाट लाग्ने खर्च जति हुन्छ, त्यही दरमा अफिनसँग आबद्ध निजी अस्पतालहरूमा सिटी स्क्यान सेवा उपलब्ध गराइदिन अनुरोध गरेका थियौँ । अफिन चितवनले यो प्रस्ताव स्वीकार गर्दै आफ्ना सदस्य अस्पतालमार्फत सेवा दिने प्रतिबद्धता जनाएको छ । त्यसैले हामीले सिटी स्क्यान सेवालाई निरन्तरता दिइरहेका छौँ ।”

बिरामीहरूलाई भरतपुर अस्पतालकै सवारीसाधनमार्फत तोकिएको निजी अस्पतालसम्म लैजाने र परीक्षणपछि पुनः भरतपुर अस्पतालमै ल्याउने व्यवस्था गरिएको छ । मेसिन मर्मतको क्रममा रहे पनि बिरामीको सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन गरिएको उनले बताए ।

अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया पनि अघि बढाएको जनाएको छ । भरतपुर अस्पतालको नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

अस्पतालका अनुसार नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुन केही दुई हप्ता लाग्न सक्छ । अस्पतालमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४