Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०८३
  • 779
    SHARES

काठमाडौँ । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका तेस्रोपटक हेरफेर भएको छ ।

आज केन्द्रिय निर्वाचन आयोगका प्रमुख भुवन केसीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

नयाँ निर्वाचन तालिकाअनुसार आज साँझ ७ बजेदेखि ७ः३० बजेसम्म सभापति पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता गरिनेछ । त्यसपछि केन्द्रीय सदस्य पदका लागि साढे ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली राति १० बजे प्रकाशन गर्ने जनाएको छ । प्रारम्भिक नामावलीमाथि दाबी–विरोध दर्ता गर्न राति साढे १० बजेसम्मको समय दिइएको छ ।

दाबी–विरोधमा परेका उजुरीहरूको छानबिन राति ११ बजेसम्म सकिनेछ भने उम्मेदवारले आफ्नो नाम फिर्ता लिन राति सवा ११ बजेसम्मको समय पाउनेछन् ।

अन्तिम उम्मेदवार नामावली राति ११ः४५ बजे सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यससँगै राति पौने १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान बुधबार बिहान हुने तय भए पनि मतदानको समय भने अझै निर्धारण गरिएको छैन ।

मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतगणना र परिणाम घोषणा गरिने आयोगको सूचनामा उल्लेख छ । दोस्रो चरणको उम्मेदवारी दर्तालगायत बाँकी निर्वाचन कार्यक्रम भने पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४