Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०८३
  • 855
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। महाधिवेशनअन्तर्गत आज बन्दसत्र सम्पन्न भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढाइने भएको हो।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बन्दसत्र सकिएलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ। आज दिउँसो २ बजेदेखि सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुने कार्यक्रम रहेको छ। त्यसपछि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचनसम्बन्धी प्रक्रिया सञ्चालन गरिने जनाइएको छ।

यसपटक रास्वपाले नेतृत्व चयनका लागि आधुनिक प्रविधिको प्रयोग गर्दै पूर्ण रूपमा विद्युतीय मतदान प्रणाली अपनाउने भएको छ। मतदानका लागि ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ। निर्वाचनबाट एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिने निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका विदेशस्थित प्रतिनिधिहरूका लागि पनि मतदानको विशेष व्यवस्था मिलाइएको छ। रास्वपाले विकास गरेको आफ्नै मोबाइल एपमार्फत प्रवासमा रहेका प्रतिनिधिहरूले मतदान गर्न सक्नेछन्। यस व्यवस्थाले विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित हुने विश्वास गरिएको छ।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन विभिन्न आचारसंहिता तथा मापदण्ड लागू गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख केसीका अनुसार कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। यसले निर्वाचन प्रक्रियामा स्वार्थको द्वन्द्व कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रास्वपाको पहिलो पूर्ण महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुन लागेकाले राजनीतिक वृत्तमा समेत यसको चासो बढेको छ। पार्टीको आगामी दिशा, संगठन विस्तार तथा राष्ट्रिय राजनीतिमा भूमिका निर्धारण गर्ने नेतृत्व चयन हुने भएकाले महाधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

नयाँ नेतृत्व चयनपछि पार्टीले आगामी निर्वाचन, संगठन सुदृढीकरण तथा नीति निर्माणका विषयमा थप स्पष्ट रणनीति तय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशन स्थलमा प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ भने निर्वाचनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४