Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशन: सभापतिका लागि ५१ हजार शुल्क, पदाधिकारीका लागि ४१ हजार !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०८३
  • 931
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि आवश्यक शुल्क, प्रस्तावक, समर्थक र आवश्यक कागजातबारे विस्तृत सूचना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । साथै, उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित मनोनयन दर्ता गर्नुपर्नेछ ।

रास्वपाले वर्तमान सभापति रवि लामिछानेलाई पुनः सर्वसम्मत रूपमा नेतृत्वमा चयन गर्ने तयारी गरेको बताइएको छ । यस कारण सभापति पदमा एक जनाको मात्र उम्मेदवारी पर्ने सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ ।

त्यसैगरी, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । पदाधिकारीका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्नेछ । केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि विवरण भरिएको मनोनयन फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी.द्वारा हस्ताक्षरित सूचनामा कुनै पनि पदको उम्मेदवार अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाइने उल्लेख गरिएको छ । यदि उम्मेदवार कुनै अन्य उम्मेदवारको प्रस्तावक वा समर्थक रहेको पाइएमा सम्बन्धित उम्मेदवारी स्वतः खारेज हुने चेतावनी पनि दिइएको छ ।

महाधिवेशनअन्तर्गत पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। पहिलो चरणको निर्वाचन भोलि हुने तालिका छ ।

पहिलो चरणको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाको पदाधिकारी संरचनामा एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिलासहित), दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४