Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन अध्यक्ष राईको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 741
    SHARES

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गर्दै त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग गर्नुभयो । यसै क्रममा उहाँले नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूले स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग पुनर्मिलनको माग गरिरहेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित मन्त्रालयले गम्भीरता देखाउनुपर्ने बताउनु भयो ।

सांसद राईले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन । यसले सदनको गरिमा बढाएको छैन । उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ । आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि पनि हामीले सोच्नुपर्छ । उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस् । ’

रक्षा मन्त्रालयअन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उहाँले आपत्ति जनाउनु भयो । रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई किन वितरण गरिएन भन्दै उहाँले सभामुखमार्फत सरकारसँग जवाफ माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४