Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तराईका जिल्लामा बढ्यो गर्मी, भैरहवाको तापक्रम ४१.५ डिग्री


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 817
    SHARES

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ ।

गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो ।

उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभएको छ । विभागकाअनुसार पछिल्लो अभिलेखअनुसार भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ । यस्तै नेपालगञ्जमा ४०.४ डिग्री तापक्रम भएको छ । धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

अन्य जिल्लामा पनि तापक्रम बढेको छ । काठमाडौंमा पनि तापक्रम बढेर ३१.३ डिग्रीमा पुगेको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थकाअनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ । विभागले आज जारी गरेको मौसम बुलेटिनअनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेस प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी र मधेस प्रदेशको तराईका पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४