Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूपन्देहीमा गत जेठमा बेपत्ता भएका १०८ मध्ये ६१ जना भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 627
    SHARES

काठमाडाैं । प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बेपत्ता भएका व्यक्तिको खोजीकार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत जेठ महिनामा हराएको भनेर निवेदन परेका १ सय ८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जनाएको हाे । प्रहरीले जेठ महिनामा हराएका मध्ये ३० बालबालिका, ४८ महिला र ३० जना पुरुष रहेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जसमध्ये १८ बालबालिका, २९ महिला र १४ जना पुरुष फेला परेकाे बताउनुभयाे । त्यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष रहेका थिए ।

जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४