Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानसँगकाे जारी युद्ध रोक्न प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेकाे राष्ट्रपति ट्रम्पको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०८३
  • 912
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगकाे जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको दावी गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटवार्ताका क्रममा यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले साेही सम्झौताको विवरण छिट्टै नै सार्वजनिक गरिने समेत बताउनुभएकाे छ । उहाँले सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा आफूलाई निकै खुशी लागेको समेत बताउनुभयाे ।

साथै अमेरिकी वरिष्ठ अधिकारीहरूले आगामी शुक्रबार जेनेभामा समेही सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिने जानकारी दिएका छन् । सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारका लागि पुनः खुला गरिने समेत उनीहरुले बताएका हुन् । यसै हप्तादेखि इरानको आणविक कार्यक्रममाथि प्राविधिक छलफल शुरु हुने जनाइएकाे छ । सम्झौता बमाेजिम इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै उसमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गरिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिने अमेरिकी अधिकारीहरुले स्पष्ट पारेका हुन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँग कुरा गर्दै अमेरिका र इरानबीच भएको समझदारी पत्र करिब डेढ पानाको सामान्य दस्तावेज भएको बताउनुभयाे । सम्झौताको पहिलो बुँदामै इरानले “क्षेत्रीय शान्ति र स्थिरता” प्रति प्रतिबद्ध रहने र आतंकवादी संगठनलाई आर्थिक सहयोग रोक्ने उहाँले उल्लेख गर्नुभयाे । सबै भन्दा महत्त्वपूर्ण कुरा इरानले आणविक हतियार निर्माण नगर्ने विषय यसमा प्रमाणित हुने गरी प्रतिबद्धता जनाएको उहाँकाे भनाइ छ । साथै बाँकी प्राविधिक र विस्तृत विषयहरू आगामी वार्ताका चरणहरूमा टुङ्ग्याइने पराष्ट्रपति भान्सले बताउनुभयाे ।

यो प्रारम्भिक सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेकाे समेत जनाइएकाे छ । साेही सम्झौताले तत्कालका लागि युद्धविरामलाई थप ६० दिनका लागि लम्बाइने भएकाे हाे । यस अवधिमा दुवै पक्षले अन्तिम सम्झौताको विस्तृत बुँदाहरूमाथि वार्ता गर्ने भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले याे कूटनीतिक सफलताको घोषणा आइतबार मध्यस्थकर्ताको भूमिका निभाएको गर्नुभएकाे थियाे । उहाँले यस सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने सहमति समावेश भएकाे बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४