Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो: अर्थमन्त्री वाग्ले


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 779
    SHARES

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा अघि बढिरहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायसम्म स्वार्थ समूहको प्रभाव रहेको तथ्यहरू क्रमशः बाहिर आइरहेको उल्लेख गरे ।

उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालासम्बन्धी मुद्दा अहिले न्यायिक प्रक्रियामा रहेको पनि बताए । उनका अनुसार सो मुद्दामा एक खर्बभन्दा बढी बिगो माग गरिएको छ ।

‘विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरूको कब्जामा थियो । पोलिटिसियनहरू उनीहरूको गोजीमा थिए । राज्यका अन्य अंगहरू समेत उनीहरूको प्रभावमा थिए । त्यसलाई हामी तोड्दैछौँ,’ मन्त्री वाग्लेले भने, ‘नेपालको इतिहासकै सबैभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । एक खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ । यसको पछाडिको कथा हेर्दा राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने देखिन्छ ।’

उनले सरकारले अहिले अर्थतन्त्रमा देखिएको बेथिति सफा गर्ने अभियान ‘क्लिन अप द मेस’ अघि बढाइरहेको बताए ।

‘यो देश कहिल्यै बन्दैन, विदेश जानुपर्छ भन्ने भाष्य चिर्न हामी लागिरहेका छौँ । तपाईंहरू जस्ता युवाले सुझाव दिनुहोस्, के सुधार गर्नुपर्छ भनेर,’ उनले भने ।

मन्त्री वाग्लेले सुशासन र आर्थिक समृद्धिका लागि सरकार पाँच वर्षे रोडम्यापका साथ अघि बढिरहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४