Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 399
    SHARES

त्रिवेणी । पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ ।

बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु चार लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको उनले बताए ।

पहाडी क्षेत्रमा आम्दानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो । गत वर्ष पनि पाडी तथा बङ्गुर अनुदानमा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष पनि पाडी तथा केही परिवारलाई बाख्रासमेत वितरण गरिएको छ ।

केही दिनभित्र ९० बङ्गुरका बच्चा वितरणको तयारी गरिएको उनले जानकारी दिए । पशुपालनतर्फ स्थानीयलाई आकर्षित गर्दै आयआर्जनसँग जोड्नका लागि पालिकास्तरमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

“हामीकहाँ आयआर्जनका स्रोत कम छन् । यसलाई विस्तार गर्दै लैजाने योजनाअनुसार पशुपालनलाई समेत जोड दिँदै आएका छौँ । गत वर्ष बङ्गुर वितरण गरेकाले मासु उत्पादन पर्याप्त भयो, स्थानीयले आम्दानीसमेत राम्रो गरे । त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौँ”, उनले भने ।

गाउँपालिकाले दुग्ध उत्पादनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसअनुसार पशुपालन विस्तार गर्न इच्छुक किसानका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

स्थानीय वित्तीय संस्थासँगको समन्वयमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने गरी ऋण कार्यक्रम सञ्चालन गरेको उनले बताए । दुग्ध उत्पादनमा पनि पालिकाले अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले बताए ।

अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

जसअनुसार प्रतिलिटर दूधमा सात रुपैयाँ ५० पैसा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले जानकारी दिए । दूध सङ्कलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहकारी संस्थालाई प्रतिलिटर रु दुई रुपैयाँ ५० पैसा सहयोग उपलब्ध गराउँदै आएको उनले बताए ।

कालीगण्डकी करिडोर निर्माण भएपछि यातायातको पहुँच वृद्धि भएकाले पशुपालन गरी पशुजन्य उत्पादन बढाउनसके सहजै बजार पुर्याउन सकिने हुँदा यसलाई प्राथमिकता दिइएको अध्यक्ष ओझाले बताए ।

“अहिले बाटोको सुविधा भएको छ । सजिलै नजिकका ठूला बजारमा यहाँ उत्पादन गरिएका वस्तु पुर्याउन सकिन्छ । यसकारण कृषि र पशुपालनलाई जोड दिँदै उत्पादन बढाउने योजनामा लागेका छौँ । यसले यहाँका स्थानीयको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४