Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २८ २०८३
  • 1.5K
    SHARES

काठमाडौं । सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गरे । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी)को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दुर्घटना र आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९/८० मा २४, २०८०/८१ मा ३६ तथा २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेको सङ्ख्या पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०/८१ मा ५९४ तथा २०८१/८२ मा ७५१ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ तथा २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०० दुर्घटना भइसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढ्दै गएको बताए ।

सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उनले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरे ।

उनले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचान स्पष्ट बनाउन सहयोग पुग्ने र यात्रुलाई सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास व्यक्त गरे । प्रहरीका अनुसार मोरङबाट सुरुआत गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४