Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साढे ४ करोडको लगानीमा कमल तालले भित्र्यायो ४ वटा स्तरीय स्लिपर बस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २३ २०८३
  • 304
    SHARES

काठमाडौं । रुकुम पश्चिममा पहिलो पटक एसी स्लिपर अर्थात् सुतेर यात्रा गर्न मिल्ने बस भित्र्याइएको छ ।

२०८० मा स्थापना भएर सेवा दिइरहेको कमल ताल यातायात प्रालिले जिल्लामा पहिलो पटक ४ वटा एसी स्लिपर बस भित्र्याएको हो ।

बुटवलमा निर्माण गरिएका नयाँ बस आज जिल्ला ल्याइपुर्‍याइएको छ । बसलाई बाजागाजा सहित स्वागत गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँ देखि वडा नम्बर १ को सल्लेसम्म बाजागाजा सहित पुर्‍याइएको हो ।

बसलाई बेलुन लगायतले सिंगारिएको थियो भने चालक तथा गाडी स्टाफलाई अबिर तथा खादाले स्वागत गरिएको थियो । सल्लेमा एक कार्यक्रमका बिच बसको उद्घाटन समेत गरिएको छ । मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले रिबन काटेर ४ वटै बसको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

नयाँ बस सोमबारबाट सञ्चालनमा आउने कमल ताल यातायात प्रालिका अध्यक्ष ललितकुमार बुढाले जानकारी दिए। यी बसले रुकुम–काठमाडौँ रुटमा सेवा दिने उनले बताए । सोमबार रुकुम देखि काठमाडौँका लागि बस छुट्ने उनले बताएका छन् । त्यसपछि हरेक दिन रुकुमबाट काठमाडौँका लागि एउटा र काठमाडौँबाट रुकुमका लागि एउटा बस छुट्ने उनले बताए ।

जिल्लावासीलाई स्तरीय बस सेवा दिने उद्देश्यले जिल्लामा पहिलो पटक स्लिपर बस भित्र्याइएको उहाँले बताए । उनका अनुसार अब सुतेर तथा स्तरीय सेफा सेटमा बसेर यात्रा गर्न सकिने छ । यसले जिल्लावासीलाई यात्रामा निकै सहज हुने उनको भनाई रहेको छ । झन्डै साढे ४ करोड लगानीमा उक्त बस भित्र्याइएको अध्यक्ष बुढाले बताएका छन् ।

प्रति गाडी करिब १ करोड १ लाख परेको उनको भनाई छ । बसाइका हिसाबले मात्र नभई व्यवहारका हिसाबले पनि स्तरीय सेवा प्रदान गर्नु प्रालिको उद्देश्य रहेको र अबका दिनमा पनि यात्रुमैत्री गुणस्तरीय सेवालाई विशेष जोड दिने उनले बताए । यात्रुहरूको सुविधालाई ध्यानमा राखेर विभिन्न आकर्षक प्याकेजहरू समेत रहेको प्रालिले जनाएको छ । प्रालिका कार्यालय प्रमुख डेभिड गौतमले सुरुमा यात्रा गर्ने यात्रुहरूलाई विशेष छुटको व्यवस्था रहेको बताए ।

त्यस्तै बिच बिचमा चिट्ठा लगायतका प्याकेज मार्फत यात्रुहरूलाई सहुलियत दिने योजना रहेको उनले बताए । यसका साथै नयाँ गाडी भित्रिएपछि साढे २ सय जनाले रोजगारी समेत पाएको उनले जानकारी गराए । गाडीमा स्तरीय सोफा सेट, ब्लाङकेट, एसीको सुविधा सहित सुतेर यात्रा गर्न सकिने र यसले यात्रुहरूलाई निकै नै आराम दिने चालक रेसम बोहराले बताए ।

पानी सहित यात्रुहरूलाई अन्य सुविधाका विषयमा पनि सोचिरहेको उनको भनाई छ । कमल ताल यातायात प्रालिका अध्यक्ष ललितकुमार बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकाय, विभिन्न सरोकारवाला तथा प्रालिका कर्मचारी एवं स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४