Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २३ २०८३
  • 285
    SHARES

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा गोली कसले र कहाँबाट चल्यो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।

नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पारेकी छन्। आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको स्पष्ट पारिन् ।

आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।

अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उनकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।

उनले भनिन्, ‘चुनौती फरेन्सिक रिपोर्टसँग सम्बन्धित थियो । फरेन्सिक रिपोर्ट आएपछि हामीले आफ्नै विज्ञ पनि राख्यौँ । हाम्रो आफ्नै फरेन्सिक विशेषज्ञले त्यसको विश्लेषण गरेर रिपोर्ट तयार गर्नुभयो । डाक्टर हरिहर वस्तीले दिनुभएको रिपोर्टमा अधिकांश गोली छाती र पेटमाथि लागेको उल्लेख छ । तर ती गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो, एसटीएफबाट आएको हो कि बाहिरबाट आएको हो भन्नेकुरा भने हामीले यकिन गर्न सकेका छैनौँ । त्यो नै एउटा कठिन चुनौती थियो । गोली कसरी आयो भन्ने विषयमा हामीले यति मात्र भन्नसक्छौँ कि अत्यधिक बल प्रयोग भएको छ । हाम्रो अनुसन्धान दुई आधारमा गरिएको थियो ।

पहिलो, आयोगको म्यान्डेटलाई आधार बनाएर अनुसन्धान गरियो । दोस्रो, २३ गतेको घटनामात्र नभई त्यसपछिका घटनाहरू पनि अध्ययन गरियो । हामीले २५ गतेसम्मका घटनाहरू हेरेका छौँ । २४ र २५ गते धादिङ, बाँके तथा नौबस्तास्थित जेल र बाल सुधार गृहबाट भाग्ने क्रममा लागेका गोलीका घटनाहरू पनि अध्ययन गरी प्रतिवेदनमा समेटिएका छन् । हामीसँग ब्यालेस्टिक रिपोर्ट, फरेन्सिक रिपोर्ट तथा अन्य सम्बन्धित प्रतिवेदनहरू छन् । ती प्रतिवेदनहरूमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने विवरणसमेत उपलब्ध छ । तर कसले गोली हानेको हो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । यद्यपि गोली भित्रबाट हानिएको थियो भन्ने निष्कर्षसम्म भने पुगेका छौँ । एसटीएफ त्यहाँ अग्रपङ्क्तिमा तैनाथ थियो ।

उनीहरू संसद भवनतर्फको क्षेत्रमा रहेका थिए । तर त्यहाँबाट कसले गोली चलायो भन्ने कुरा स्पष्ट छैन । हाम्रो प्रतिवेदनमा एउटा कुरा भने स्पष्ट रूपमा उल्लेख छ,जथाभावी गोली चलाइएको थियो । कुनै विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि घुँडामुनि गोली चलाउनुपर्ने भन्ने सिद्धान्त पालना गरिएको देखिँदैन । यो कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ र तपाईंहरूले पनि त्यो पढिसक्नुभएको छ ।’

विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उनको भनाइ छ ।

यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ । प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटी भएको औंल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४