Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकतन्त्रमा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताकाे वातावरण महत्वपूर्ण: पूर्वगृहमन्त्री अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 931
    SHARES

काठमाडाैं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको उल्लेख गर्नुभएकाे हाे। उहाँले केही समय अघिसम्म निजामती सेवाको छैठाैं तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्री समेत बनेको उदाहरण दिँदै यो व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पार्नुभयो । उहाँले कसैलाई पनि बिना आधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राख्नुभएकाे छ।

गृह प्रशासनको कार्यशैलीका विषयमा चर्चा गर्दै उहाँले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दावी गर्नुभयो । प्रतिकूल प्रमाण नभेटिएसम्म कसैलाई पनि दोषी करार गर्न नहुने उहाँको तर्क थियाे । समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता प्रवृत्तिहरू स्वतः रोकिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

पूर्वगृहमन्त्री अर्यालले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४