Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुला आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्तिबाट नै एमालेलाई बलियो बनाउन सकिने: महासचिव पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 475
    SHARES

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासनबाट नै पार्टी सामू देखिएका चुनौतीको सामना गर्न सकिने बताउनुभएकाे छ।

महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्ने धारणा राख्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ,-‘पार्टीका सामु चुनौती छन् । तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ। त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ । तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’

निर्वाचन परिणामपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस पेचिलो बनिरहेको छ। सचिवालय बैठकले यस सम्बन्धी कार्ययोजनाको सुझाव तयार पार्ने गरी कार्यदल समेत बनाएको हाे। महासचिव पोखरेल पछिल्लो समय पार्टी पुनर्गठनकै कित्तामा उभिनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४