Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन: सुशीला कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 247
    SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले आफू सत्तामा आएको भरमा विपक्षी पक्षलाई समाप्त पार्ने मानसिकता राख्न नहुने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि एकअर्कालाई ध्वस्त पार्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत हुने बताइन् ।

हालको राजनीतिक परिवर्तनसँगै नयाँ पुस्ताका नेताहरू सत्तामा पुगेको उल्लेख गर्दै कार्कीले जनताले दिएको मतको सम्मान गर्दै उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्ने धारणा राखिन् । उनले सरकारको आलोचना गर्नु प्रतिपक्षको दायित्व भए पनि त्यसको उद्देश्य सरकारलाई असफल बनाउने नभई सुधारको बाटो देखाउने हुनुपर्ने बताइन् ।

‘जनताले मत दिएर आएको सरकारको खुट्टा तानेर फाल्ने र ध्वस्त बनाउने होइन,’ कार्कीले भनिन्, ‘जनताले चाहेको परिवर्तनलाई सम्मान गर्दै काम गर्न दिनुपर्छ ।’

प्रधानमन्त्री बालेन्द्र साह तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेताहरूलाई लक्षित गर्दै उनले विगतका अनुभव र इतिहासबाट सिकेर अघि बढ्न सुझाव दिइन् । मुलुक सञ्चालनमा अनुभव, सहिष्णुता र राजनीतिक परिपक्वता आवश्यक पर्ने उनको भनाइ थियो ।

‘अहिले ३५–३७ वर्षका प्रधानमन्त्री र युवा नेताहरू आएका छन् । उनीहरूले अघिल्ला अनुभवलाई मनन गर्नुपर्छ, इतिहासबाट सिक्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरू पनि एक दिन त्यही चरणमा पुग्छन् । पार्टीका नेता सधैं युवा भएर बस्दैनन् ।’

सत्तामा पुगेपछि प्रतिशोधको राजनीतितर्फ लाग्न नहुने भन्दै कार्कीले लोकतन्त्रमा सबै पक्षलाई सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिइन् ।

‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन,’ उनले भनिन् ।

राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र रचनात्मक आलोचना भएमा त्यसले मुलुकलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो । उनले राजनीतिक दलहरू नै मुलुक हाँक्ने मुख्य शक्ति भएकाले आफूले उनीहरूलाई कहिल्यै कम नआँकेको पनि बताइन् ।

कार्यक्रममा उनले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसा समेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४