Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव सदनबाट पारित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २१ २०८३
  • 817
    SHARES

एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ ।

युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि २ सय १५ मध्ये २ सय ८ को भारी मतले यो प्रस्ताव पारित भएको हो । चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले राष्ट्रपति ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो । आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ । जुन अमेरिकी संविधानको भावना विपरीत छ ।

यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन । जसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति हुन आवश्यक छ । सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाे हाे ।

युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण जारी नै रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४