Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद बैठक चल्न दिँदैनौँः कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 646
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी नआएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ बोल्दै उनले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति “अक्ष्यम्य र आपत्तिजनक” रहेको दाबी गर्दै संसदमा आएर माफी माग्नुपर्ने अडान राखे ।

उनका अनुसार सरकार प्रमुखबाट आएको उक्त अभिव्यक्तिले नेपालको कूटनीतिक संवेदनशीलता र राजनीतिक चेतमाथि प्रश्न उठाएको छ ।

‘प्रधानमन्त्रीको भनाइ अक्ष्यम्य छ, आपत्तिजनक छ र घोर निन्दनीय पनि छ,’ परियारले भने, ‘उहाँले संसदमा आएर कुन ठाउँमा, कति क्षेत्रफल भारतीय भूमि नेपालले मिचेको हो भन्ने तथ्य प्रमाणसहित स्पष्ट पार्नुपर्छ, होइन भने माफी माग्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले बिना प्रमाण संवेदनशील सीमा विषयमा टिप्पणी गर्ने छुट नभएको भन्दै उक्त विषयमा स्पष्टता नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने चेतावनी दिए ।

परियारले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कूटनीतिक दृष्टिले पनि गलत भएको दाबी गर्दै सरकारको आधिकारिक धारणा स्पष्ट गर्न माग गरे ।

त्यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा दिइएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई हल्का रूपमा नलिन आग्रह गरे ।

उनले सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रमाणबिनाका अभिव्यक्तिहरूले देशको प्रतिष्ठामा असर पार्ने भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४