Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत, राजनीतिक भेटघाट सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 817
    SHARES

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत पुगेका लामिछानेलाई भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको छ।

भाजपा पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा लामिछानेलाई परम्परागत सांस्कृतिक झाँकी, फूलमाला तथा सम्मानसहित स्वागत गरिएको थियो। कार्यक्रममा भाजपा नेता, कार्यकर्ता तथा विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको बताइएको छ। स्वागतपछि लामिछानेले पार्टी मुख्यालयको अवलोकन गर्दै संगठन सञ्चालनको संरचना, सदस्यता व्यवस्थापन, प्रशिक्षण प्रणाली तथा चुनावी रणनीतिबारे जानकारी लिएका थिए।

भ्रमणका क्रममा लामिछानेले भाजपा अध्यक्ष नीतिन नविनसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको संगठनात्मक विकास, युवा सहभागिता, सुशासन तथा नेतृत्व विकासका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। दुवै नेताबीच राजनीतिक अनुभव साटासाट गर्दै लोकतान्त्रिक मूल्य र संस्थागत सुदृढीकरणबारे समेत छलफल भएको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार भ्रमणको उद्देश्य दुई देशका लोकतान्त्रिक शक्तिबीच अनुभव आदानप्रदान गर्नुका साथै राजनीतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ। भारतीय पक्षले भाजपा पार्टी कार्यालयको आधुनिक व्यवस्थापन प्रणाली, प्रविधिको प्रयोग, संगठन विस्तारको मोडल तथा कार्यशैलीबारे विस्तृत प्रस्तुति दिएको बताइएको छ।

लामिछानेको भारत भ्रमणलाई रास्वपाले नियमित राजनीतिक तथा कूटनीतिक संवादको एक हिस्सा भएको जनाएको छ। भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदाय, विद्यार्थी, व्यवसायी तथा आफ्ना समर्थकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। साथै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या क्षेत्रको भ्रमण गर्ने कार्यतालिका समेत तय गरिएको छ।

पाँच दिनसम्म चल्ने भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने सम्भावना रहेको बताइएको छ। उनको यो भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धको सन्दर्भमा चासोका साथ हेरिएको छ भने यसले दुई देशका राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरणलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४