Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा खैरो हेरोइनसहित ११ जना पक्राउ, १०१ ग्राम लागूऔषध बरामद


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 570
    SHARES

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट कुल १०१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा कैलालीको घोडाघोडी नगरपालिका–६ की ३२ वर्षीया दिपा कुमारी बिष्ट, महोत्तरी एकडारा गाउँपालिका–४ का २६ वर्षीय अमर कुमार साह, चितवन भरतपुर महानगरपालिका–१७ का ३६ वर्षीय सुनिल लामा, इलाम माईजोगमाई गाउँपालिका–४ की ३५ वर्षीया संगीता बास्कोटा, काठमाडौं महानगरपालिका–२६ का ३७ वर्षीय प्रशान्त राना मगर, नुवाकोट शिवपुरी गाउँपालिका–२ का ३३ वर्षीय पेम्बा लामा, चितवन भरतपुर महानगरपालिका–६ का ३८ वर्षीय जीवन कुमार लामा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–२ का २९ वर्षीय सरोज गुरुङ, भारत बिहार राज्यको दरभंगा जिल्ला फिर्मा पञ्चायत–२ का २६ वर्षीय आकाश सिंह, सुनसरी धरान उपमहानगरपालिका–१७ की २० वर्षीया जिया राई तथा मकवानपुर थाहा नगरपालिका–९ की २० वर्षीया स्वस्तिका तामाङ रहेका छन्।

ब्युरोका अनुसार पक्राउ परेकामध्ये सुनिल लामा र संगीता बास्कोटा यसअघि लागूऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका थिए। उनीहरू गत जेठ २३ र २४ गतेको आन्दोलनका क्रममा फरार भएका व्यक्तिहरूमध्ये रहेको र हाल पुनः खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि विशेष निगरानी र अपरेशनलाई तीव्र बनाइएको जनाएको छ। पक्राउ परेकाहरूको सञ्जाल, लागूऔषधको स्रोत तथा कारोबारको विस्तृत विवरणबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४