Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व सुर्तीजन्य पदार्थविरूद्धको दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १७ २०८३
  • 380
    SHARES

काठमाडौं । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आइतबार नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाले ज्यान गुमाउने गरेको जनाएकाे हाे। त्यस्तै, विश्वभर १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाख भन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् ।

हरेक वर्ष मे ३१ तारिखमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि डब्लयूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो ।

यस वर्षको दिवसको अवसरमा डब्लयूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । डब्लयूएचओले विश्वभर किशोर उमेर समूहमा विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग निरन्तर बढिरहेको जनाएकाे हाे ।

विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका डब्लयूएचओले बताएकाे छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लूएचओले जनाएको हाे ।

स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेप-मुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन डब्लयूएचओले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४