Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एभरेस्ट टुरिजम अवार्ड २०२६ सम्पन्न: सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १७ २०८३
  • 931
    SHARES

काठमाडौं । नेपालको पर्यटन, पर्वतारोहण तथा साहसिक पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको योगदानको सम्मान गर्दै एभरेस्ट टुरिजम अवार्ड २०२६ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सगरमाथा आरोहणको इतिहासमा महत्वपूर्ण योगदान दिएका वरिष्ठ पर्वतारोही पेर्टेम्बा शेर्पा लाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

पूर्वराष्ट्रपति रामवरण यादव को प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई नगद रु ५१ हजार १५१, दोसल्ला तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै भारतका राजनीतिज्ञ पप्पू यादव लाई प्रतिष्ठित ‘पीस हिरो अवार्ड २०२६’ प्रदान गरिएको थियो।

यसैगरी एभरेस्ट टुरिजम सम्मानबाट यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, विटिद्नान रोजानापनिच, बुद्धि नारायण श्रेष्ठ तथा जोआओ गार्सिया सम्मानित भएका छन्।

‘साहसिक पर्यटन उत्कृष्टता अवार्ड (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद, निकोल कोवाल्चुक, पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली, जो हार्भे, किशोर साहि, आङ छिरिङ शेर्पा तथा सानो बाबु सुनुवार लगायतलाई सम्मान गरिएको थियो।

त्यसैगरी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा लाई ‘ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। ‘टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्ड’ बाट डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, एण्ट मिडलटन, अनमोल केसी, कविता नेपाली तथा नीलम पौडेल सम्मानित भएका छन्।

यस अवसरमा विभिन्न संस्था तथा व्यक्तिहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा भिक्टर ग्रोशेल्ज, पेम्बा फ्रेन्च शेर्पा, नेपाल पर्वतारोहण संघ, द्वारिकाज होटल, रमेश सापकोटा, अशोक लामा, मानशान्त घिमिरे, रामजी बहादुर श्रेष्ठ, नारायण भण्डारी लगायत रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले हिमाल संरक्षण आजको विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै हिमाल जोगाउन विश्व समुदाय एकजुट हुनुपर्ने बताए। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै हिमाल संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरे।

कार्यक्रमका आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामा ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धन र हिमाल संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४