Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान “मापदण्डसहित”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १५ २०८३
  • 418
    SHARES

काठमाडाैं । सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो । आवेदन दिने अन्तिम यहि जेठ २२ गतेसम्म तोकिएको छ ।राजदूतका लागि आवेदन दिन कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ ।

भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायताप्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन् ।

मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ । मन्त्रालयले भारत, चीन, अमेरिका र बेलायत लगायत करिब डेढ दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै खुला आवेदन आह्वान गरेको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि १७ वटा देशका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४