Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि दरखास्तमा परेका स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 722
    SHARES

काठमाडाैं । देशका विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि १३, कृषि तथा वन विश्वविद्यालयका लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १७, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको दरखास्त स्वीकृत भएको छ ।

सबै विश्वविद्यालयका लागि प्राप्त २ सय १८ उम्मेदवारले आवेदन दिएकामा १ सय ९९ जना उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य भएका हुन् । यी उम्मेदवारले प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिने भएका हुन् । त्यसका आधारमा समितिले मूल्यांकन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिस गर्ने व्यवस्था रहेकाे छ ।

नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया शुरु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४