Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ५५ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ । ट्राफिक प्रहरीको सक्रिय निगरानी र चेकजाँच अभियानका क्रममा विभिन्न प्रकारका नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व सङ्कलन भएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १९२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०९ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १०२ जना चालक कारबाहीमा परेका छन् ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १४६ जना, निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने १०३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ८५ जना चालकलाई पनि ट्राफिक प्रहरीले जरिवाना गरेको जनाएको छ ।

यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२३ जना चालकलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सडक अनुशासन कायम गर्न आग्रह गरेको छ । उपत्यकामा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४