Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स हैदरावादलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुग्याे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 1K
    SHARES

काठमाडाैं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

भारतकाे न्यु चन्द्रिगढमा बुधबार राति भएकाे एलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै गुजरात टाइटन्ससँगको भेट सुनिश्चित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै ९७ रन बनाए । ध्रुव जुरेलले २१ बलमा ५० रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका छन् । राजस्थानले दिएको २ सय ४४ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर २ बलमा १ सय ९२ रन बनाउदा अलआउट भयो ।

अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्ने भएकाे छ । साथै गुजरात टाइटन्स र राजस्थान रोयल्सबीचकाे खेल शुक्रबार राति पौने ८ बजे न्यु चन्द्रिगढमा हुने भएकाे हाे । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४