Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गरेर कारबाही गर्न आयोगको सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १३ २०८३
  • 456
    SHARES

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्कीको नाम उल्लेख गरिएको छ ।

आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि उनीहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक देखिएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे÷नरहेको, उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित वा उत्तेजित भई कुनै असर परेको÷नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए÷नभएको वा दुरुत्साहन भए÷नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

आयोगले सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अनुसन्धान अघि बढाउन र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४