Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा, कन्सुलर सेवा डिजिटल हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १२ २०८३
  • 475
    SHARES

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ ।

कन्सुलर सेवा विभागमा मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले एपको शुभारम्भ गरेका हुन् ।

एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न तथा सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क र समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्री खनालका अनुसार विदेशमा रहेका नेपालीहरूको यकिन तथ्याङ्क अभावका कारण उद्धार र सहायतामा समस्या देखिएकाले विभिन्न स्रोतबाट तथ्याङ्क संकलन सुरु गरिएको छ, जसले भविष्यमा आपतकालीन उद्धार र कन्सुलर सहायता प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

उनले करिब ५० लाख नेपाली विदेशमा रहेको अनुमान गर्दै आपत्कालीन अवस्थामा सरकारसँग कसरी सम्पर्क गर्ने भन्ने अन्योल हटाउन एउटै डिजिटल प्लेटफर्म आवश्यक भएको बताए ।

एपमार्फत गुनासोको अवस्था ट्र्याक गर्न सकिने तथा समयमै सम्बोधन नभए थप पहल गर्न सकिने सुविधा पनि रहेको मन्त्रालयले जनाएको छ । मन्त्री खनालले आगामी दिनमा एपलाई थप विस्तार र परिमार्जन गर्दै लैजाने बताए ।

यससँगै परराष्ट्र मन्त्रालयले ‘लिगल नेपाल कन्सुलर जिओभी एनपी’ नामक अनलाइन प्रणाली पनि सञ्चालनमा ल्याएको छ, जुन हाल सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय तथा करिब पाँच सय स्थानीय तहमा विस्तार भइसकेको छ ।

उक्त प्रणालीमार्फत विदेशमा समस्यामा परेका, अलपत्र वा जेलमा रहेका नेपालीको उद्धार, शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति दाबी लगायतका कार्यमा सहजीकरण हुँदै आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४