Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोह लाई पनि सम्बाेधन नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ११ २०८३
  • 418
    SHARES

काठमाडाैं । प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने हुनुभएको छ ।

यहि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । मन्त्रिपरिषद्ले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ ।

यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरे र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभयो ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् । सभामुख डाेल प्रसाद अर्यालले मिति माग्दा प्रधानमन्त्री शाहले ’उपयुक्त समयमा उपस्थित भएर जवाफ दिने’ बताउनुभएको छ ।

निर्वाचित भएदेखि नै प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन र प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा पनि उहाँ कतै हालसम्म औपचारिक रूपमा बोल्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४