Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 988
    SHARES

काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार हुने बताएकी छन् ।

आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र करिब १०० वर्षअघि भएको मैत्री सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री मल्होत्राले नेपालका शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गरिन् । उनले शिक्षा र अर्थतन्त्र एक–अर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यमा बेलायत सहयोग गर्न इच्छुक रहेको बताइन् ।

उनका अनुसार बेलायतको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ जस्ता अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारीका रूपमा अघि बढाउन सकिन्छ ।

नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेशनल एजुकेसन’ लाई उनले विशेष महत्वपूर्ण बताइन् । यसले प्रतिभा पलायन रोक्न र अध्ययन लागत घटाउन मद्दत गर्ने उनको धारणा थियो ।

हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालय सहकार्यमा रहेको र करिब १७ हजारभन्दा बढी नेपाली विद्यार्थी यसबाट लाभान्वित भइरहेको उनले जानकारी दिइन् ।

मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायलाई दुई देशबीचको ‘लिभिङ ब्रिज’ का रूपमा चित्रण गर्दै उनीहरूको योगदानको प्रशंसा गरिन् । बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यवसायमा सक्रिय हुँदै गएकोमा पनि उनले खुशी व्यक्त गरिन् ।

उनका अनुसार बेलायतमा अध्ययन गर्ने नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छैटौँ ठूलो समूह हुनु गर्वको विषय हो ।

‘कुनै पनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षा पूरा गर्न सक्दैन । बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन्,’ उनले भनिन्, ‘यदि तपाईं आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक हुन्छ ।’

भ्रमणका क्रममा उनले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेट गरी आधारभूत सिकाइ सुधार, बालिका शिक्षा र अटिज्म भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सधैं भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४