Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणीमा डुङ्गा पल्टाएर विपद् उद्धार अभ्यास, सुरक्षाकर्मीले देखाए ज्यान जोगाउने उपाय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 456
    SHARES

नवलपरासी । चितवन र नवलपुर हुँदै बग्ने Narayani River मा शुक्रबार साँझ एक्कासि डुङ्गा पल्टिएको दृश्य देखिएपछि स्थानीयवासी त्रसित बने । नदीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सवार र्‍याफ्टिङ डुङ्गा पल्टिँदा उद्धारका लागि गुहार मागिएको दृश्य देखेपछि धेरै मानिस नदी किनारमा जम्मा भएका थिए ।

तर पछि उक्त घटना कुनै वास्तविक दुर्घटना नभई विपद् प्रतिकार्य तथा खोज–उद्धार अभ्यासका लागि गरिएको कृत्रिम प्रदर्शन भएको खुलेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा रहेको नारायणी नदीमा सशस्त्र प्रहरीले समुदायलाई विपद्को समयमा कसरी ज्यान जोगाउने भन्नेबारे व्यवहारिक प्रशिक्षण दिएको थियो ।

Armed Police Force Nepal अन्तर्गत नवलपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरले कावासोती नगरपालिकाका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी तालिम दिँदै नदीमा डुङ्गा पल्टाएर अभ्यास गराएको हो ।

तालिमका क्रममा सुरक्षाकर्मीले डुङ्गा पल्टिएपछि कसरी सुरक्षित रहने, पल्टिएको डुङ्गालाई कसरी सुल्टो बनाउने तथा डुब्नबाट कसरी जोगिने भन्नेबारे प्रत्यक्ष अभ्यास गरेर देखाएका थिए । साथै घरेलु सामग्री प्रयोग गरेर विपद्बाट बच्न सकिने उपायसमेत प्रदर्शन गरिएको थियो ।

प्रशिक्षणका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले प्लास्टिकका बोत्तल, जर्किन, सवारीसाधनका ट्युब, केराको थम्बा, बाँसजस्ता सामग्री प्रयोग गरेर नदीमा तैरिन सकिने उपकरण बनाउने तरिकाबारे जानकारी दिएका थिए । उनले बाढी तथा डुबानको समयमा समुदायले तत्काल प्रयोग गर्न सक्ने सुरक्षित उपायबारे सहभागीलाई सिकाएका थिए ।

त्यस्तै, नदीजन्य विपद्मा उद्धार टोलीले र्‍याफ्टिङ डुङ्गा कसरी सञ्चालन गर्ने, जोखिममा परेका व्यक्तिलाई कसरी सुरक्षित स्थानमा ल्याउने तथा दुर्घटनामा घाइते भएकालाई प्राथमिक उद्धार कसरी गर्ने भन्नेबारे समेत व्यवहारिक अभ्यास गराइएको थियो ।

Caritas Nepal को आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त चारदिने प्रशिक्षण कार्यक्रममा कावासोती नगरपालिकाका ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले जानकारी दिए ।

उनका अनुसार तालिममा कावासोती नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका विपद् व्यवस्थापन समितिका सदस्य, सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी तथा नगरप्रहरीका प्रतिनिधिहरू सहभागी छन् ।

तालिमका क्रममा एलपी ग्यास सिलिण्डरमा आगलागी भए नियन्त्रण गर्ने उपाय, दुर्घटनामा घाइतेको उद्धार, नदीमा हुने विपद् तथा बाढीजन्य जोखिमबाट जोगिने व्यवहारिक अभ्याससमेत गराइने बताइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले नवलपुरका धेरै स्थानीय तह मनसुनजन्य विपद्को उच्च जोखिममा रहेकाले समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्न यस्ता तालिम आवश्यक रहेको बताए । उनका अनुसार तालिमपछि सहभागीहरू आफ्ना समुदायमा फर्किएर विपद्को समयमा खोज तथा उद्धारमा सक्रिय रूपमा खटिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४