Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एफएनसीसीआई निर्वाचन : अञ्जन-सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 1K
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनदेखि नै कित्ताकाट हुँदै आएको निर्वाचन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा थप रोचक बन्न पुगेको हो ।

बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा पछिल्लो समय समिकरण चेञ्ज हुँदै अध्यक्ष अञ्जन भर्सेस अल हुन पुगेको थियो । बिहीबारबेलुकासम्ममा बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा ४ जना आकांक्षी थिए । जसमध्ये शुरु देखिनै अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अघि बढाएका थिए । तर अन्य खेमामा भने अध्यक्ष अञ्जन श्रेष्ठको टीमबाट एशोसिएट्सतर्फ उपाध्यक्ष जितेका प्रवलजंग पाण्डेले अञ्जनलाई नै उल्टो थ्रेट दिँदै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई अघि बढाएका थिए । यसैगरी निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको टीमबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र भरत आचार्य तथा कोषाध्यक्षमा पदमबहादूर शाही र भक्तबहादूर हमाललाई अघि बढाइएको थियो ।

तर, समिकरण बदलिंदै जादा बिहीबार निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रलजंग पाण्डे, भरत आचार्य, वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठलगायतका समुहले एक सहमति गर्दै वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई अघि बढाउने निर्णय गरेका थिए । तर, उक्त निर्णयको १२ घण्टा विल्न नपाउँदै प्रवलजंग पाण्डेले उक्त सहमति तोड्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईलाई नै समर्थन गरेपछि हेमराज ढकाल उक्त सहमतिबाट बाहिरिँदै आफ्नो वरिष्ठ उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए।

तर, एशोसिएट्सतर्फका उपाध्यक्ष प्रवलजंग पाण्डेले खुलेआम रुपमा अध्यक्ष अञ्जन श्रेष्ठको उम्मेदवारलाई हराईदिन्छु भन्दै दिएको अभिव्यक्ति तथा एकल हठ र केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा निवर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समर्थन पाएसँगै थप हौसिएर पाण्डे बिहीबार बेलुका होलिडे इन होटल र लेमनट्री होटलमा भएको चुनावी क्याम्पेनको नेतृत्व गर्न पुगेका थिए ।

उनले होलिडे इन होटलमा पुगेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल र कोषाध्यक्षका उम्मेदवार अम्बिकाप्रसाद पौडेललाई अग्रिम बधाइ समेत दिएका थिए । उक्त कार्यक्रममा उपस्थित उम्मेदवारहरुले पनि पाण्डेको प्रवेशसँगै आफुहरुले चुनाव जिल्ले लगभग पक्का भएको भन्दै हौसला बढाएका थिए ।

तर ठिक त्यसको विपरित चुनावी रणनीतिकारको रुपमा चिनिएका अध्यक्ष अञ्जन श्रेष्ठ र जिल्ला नगरमा एकल प्रभुत्व जमाएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरकृष्ण बैद्यले गोदावरीको बेस्ट वेष्टर्न प्लस होटलमा आफ्नो खेमाको बिचार विमर्श कार्यक्रम राखेका थिए । कार्यक्रमको नाम विचार विमर्श भनिएपनि अन्ततः त्यसको उद्देश्य भने केन्द्रिय सदस्यहरुलाई आफ्नो टीममा भोट हाल्न लगाउने तथा उनीहरुलाई आफुप्रति आकर्षित गर्ने नै थियो । जसमा अध्यक्ष श्रेष्ठ सफल पनि भए ।

जसरी पनि आफ्नो टीम जिताउनका लागि चुनावी इगो लिएर अघि बढ्ने अञ्जन श्रेष्ठले आफैले जिताएका एशोसिएट्सतर्फका उपाध्यक्ष पाण्डेले नराम्रोसँग थोका दिएपछि त्यसलाई परास्त गर्ने भन्दै घोषित रुपमै अघि बढेका थिए । र सोहीअनुरुप बजारमा प्रष्ट हल्ला पनि थियो उपाध्यक्ष पाण्डेले अञ्जन श्रेष्ठको टीमलाई हराउने भन्दै खुलेआम हिडेको । तर, अञ्जन श्रेष्ठले त्यसलाई कुनै प्रबाह
नगरी सुरकृष्ण श्रेष्ठलाई जिल्ला नगरको क्याम्प जिम्मा लगाएर उनी वस्तुगत र एशोसिएट्समा खेल्न मैदानमा उत्रिए । जसअनुरुप उनले नियमावली नै संशोधन गरेर मनोनितले समेत वरिष्ठ उपाध्यक्षलाई मदतान गर्न पाउने व्यवस्था गरे । सोही अनुरुप आजै विहान ६ जनालाई मनोनित गर्दै कार्यसमितिबाट पारित गराउन पनि सफल भए ।

महासंघको निर्वाचनमा सबै एकातिर लाग्दा पनि अञ्जन-सुरकृष्ण समुहले झण्डै दुई तिहाई मत ल्याएर आफ्ना प्रतिस्पर्धीहरुलाई परास्त गर्न सफल भए । ‘अहिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचनमा चुनावी प्रचारप्रसार हेर्दा अञ्जन-सुरकृष्ण भर्सेस अल देखिएको थियो,’ एक केन्द्रिय सदस्यले भने, ‘तर चुनावी नतिजा हेर्दा अल आर आउट अञ्जन-सुरकृष्ण इन देखियो ।’

आज भएको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा ८६ मत खसेको थियो । जसमा सुरकृष्ण वैद्य ५६ मत पाएर विजयी हुँदा अन्य समुहले बोकेको उम्मेदवार रामचन्द्र संघईले ३० मत पाएका थिए । यसैगरी कोषाध्यक्ष मनिषलाल प्रधानले ६१ मत पाउँदा अल समुहले अघि बढाएका उम्मेदवार अम्बिकाप्रसाद पौडेलले २५ मत पाएका थिए । उक्त नतिजाले नै अञ्जन श्रेष्ठ चुनावी रणनीतिकार र आफ्नो पक्षमा नतिजा ल्याउन जस्तोसुकै कठिन खेल खेल्न सक्ने खेलाडी भएको स्पष्ट सन्देश दिएको छ । सोही अनुरुप आज भएको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको खेलबाट आफैले एशोसिएट्सतर्फ उपाध्यक्ष जिताएर मैदानमा उतारेका पाण्डेलाई अन्तिम घडीमा आफैले पेनाल्टीमार्फत आउट गर्न सफल भएका छन्‌ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४