Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरियो मधेशमा सत्ता समीकरण, कांग्रेस-एमाले र नेकपा गठबन्धन सरकारमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 817
    SHARES

काठमाडाैं । मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गठबन्धन गरेका हुन् । साेही गठबन्धन बनेसँगै जनता समाजवादी पार्टी र जनमत पार्टी भने सरकारबाट बाहिरिएका छन् । सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनुभएको हाे । मुख्यमन्त्री यादवले बिहीबार सांसद मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।

जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्रीलाई हटाइएको छ । जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए । मुख्यमन्त्री यादवले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेश प्रदेशमा मधेशवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४