Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास निर्माणका आयोजनामा ढिलासुस्ती हुँदा लागत बढ्यो: ऊर्जामन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 570
    SHARES

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्तीले लागत बढाएको र यसले लगानीको सान्दर्भिकतामाथि प्रश्न उठाएको बताउनुभएकाे छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबारकाे बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे । समयमै काम नसकिने परिपाटीले गर्दा आयोजनाहरू महँगो हुँदै गएको र यसले देशको अर्थतन्त्रमा असर पारेको उहाँकाे तर्क छ। मन्त्री श्रेष्ठले विद्यमान सार्वजनिक खरिद ऐन र प्रक्रियागत जटिलताका कारण काम गर्न कठिन भइरहेको बताउनुभयाे ।

विकास निर्माणमा रहेका कानूनी कमजोरीले वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको उत्साहलाई समेत घटाएको उहाँकाे भनाइ छ । यस्ता समस्या समाधान गर्न मन्त्रालयले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरिरहेको जानकारी गराउनुभयाे । मन्त्री श्रेष्ठले आयोजनाहरूको गुणस्तर कायम गर्न र ढिलासुस्ती रोक्न संसदीय समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४