Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टोलीको मलेसियामाथि ‘क्लिन स्वीप’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 1.5K
    SHARES

काठमाडाैं । नेपाली महिला टोलीले मलेसियासँगको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ।

मलेसियाकाे बायोमास ओभलमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमै मलेसियालाई ७ विकेटले पराजित गरेकाे हाे। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले नटआउट ३९ रन बनाइन् । मलेसियाका नुर दानिया सुहादा, आइस्या इलेसा फिरदौज र आइन्ना हमिजाह हशिमले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो । मलेसियाकी आइन्ना हमिजाह हशिमले १७ रन बनाइन् । पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।

एसीसी महिला प्रिमियर कप र २०औं एशियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेशियासँग टी–२० शृङ्खला खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४