Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एस्टनभिल्लाले जित्याे ३० वर्षपछि युरोपा लिग फुटबलको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ७ २०८३
  • 969
    SHARES

काठमाडाैं । एस्टनभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति सम्पन्न भएकाे फाइनल खेलमा एस्टनभिल्लाले जर्मन क्लब फ्राइबर्गलाई ३–० गोलले पराजित गर्दै ३० वर्षपछि ठूलो सफलता हात पारेको हो । खेलमा युरी टिलेमान्सले ४१ मिनेटमा पहिलो गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको ५८ मिनेट अर्को गोल थपेका थिए । योसँगै एस्टन भिल्लाले सन् १९९६ पछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।

भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो । त्यस्तै. भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो । सन् १९८२ माभिल्लाले युरोपियन कप जितेको थियो । टोलीका प्रशिक्षक उनाई एमरीले युरोपालिगमा व्यक्तिगत रूपमा पाँचौं पटक उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४