Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 399
    SHARES

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किन सक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गरे ।

विरोधका लागि कालो वस्तु प्रयोग गरिन्छ । अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरे पनि उनको यो अभिव्यक्ति र कालो पोसाकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी मुलुकमा राजतन्त्रको विषयलाई लिएर बहस भइरहेका बेला ठाकुरको यो सङ्केतलाई कतिपयले पुनः राजतन्त्रको वकालत वा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा विश्लेषण गर्न सकिन्छ ।

उनले आफ्नो पहिचान र देशको विद्यमान परिस्थितिलाई जोड्दै दिएको यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।

उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने ‘कहावत छ कि पराधीन सपनामा सुख छैन । पराधीन जो हुन्छ नि, त सपनामा पनि सुख हुँदैन । त्यो जागृत अवस्थामा के कस्तो होला ? त्यो भन्ने अवस्था छैन । तपाई हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आइरहेको छ, सपनामा पनि हामी पीडित छौ । तपाईँहरूलाई त्यसो नलाग्ला, तपाईँहरू पीडित हुनुहुन्न भने ठिकै छ । फेरि मेरो परिचय विभिन्न किसिमको छ, म मधेसी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ । मेरो सबै परिचय छ । मेरो भित्रको आईडेन्डिटी पनि छ, बाहिरको पनि छ । त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ, मैले यो ड्रेस आज लगाए किन ? किनकि ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहीँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ ।’

आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४