Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा नेकपाको जोड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 475
    SHARES

काठमडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा मंगलबार बसेकाे संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै सांसद पुनले यस्ताे बताउनुभएकाे हाे । निर्धारित कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढाउन सुझाव दिनुभएकाे छ। उहाँले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध प्राप्त उजुरीहरू र उहाँको कार्ययोजनामाथि गहन अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । प्राप्त उजुरी र कार्ययोजनाहरू अध्ययन गर्ने र बुधबारदेखि निरन्तर सुनुवाईको प्रक्रिया अघि बढाउनु उपयुक्त हुने प्रस्ताव उहाँले राख्नुभएको छ ।

सांसद पुनले प्रस्तावित प्रधानन्यायाधीश शर्माको ६ वर्षको कार्यकाल रहने सन्दर्भमा उहाँको भावी कार्ययोजना र न्यायालय सुधारको प्रतिवद्धता महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले संवैधानिक व्यवस्था अनुसार प्रस्तावित नाम अनुमोदनका लागि बहुमत र अस्वीकृत गर्न दुई–तिहाइ मत आवश्यक पर्ने कुरालाई समेत स्मरण गराउनुभएकाे छ।

सांसद पुनले समितिको निर्णय प्रक्रिया विवेकपूर्ण र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४