Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाको एक इस्लामिक सेन्टरमा अन्धाधुन्ध गोली प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 437
    SHARES

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगो शहरमा रहेको एउटा प्रसिद्ध इस्लामिक सेन्टरमा भीषण गोलीबारी हुँदा कम्तिमा ५ जना मारिएका छन् ।

घटनामा तीन सर्वसाधारण र दुई सन्दिग्ध आक्रमणकारी मारिएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका हुन् । पुलिसलाई घटनाबारे पहिलो जानकारी प्राप्त भएको थियो । सान डिएगोका पुलिस प्रमुख स्कट वाह्लका अनुसार घटनास्थलमा पुग्दा मस्जिदको अगाडि भागमा तीन जना पीडितहरूको शव फेला परेको हाे । मारिनेमध्ये एक जना उक्त इस्लामिक सेन्टरमा कार्यरत सुरक्षागार्ड रहेको जनाइएकाे छ।

गोलीप्रहारमा संलग्न रहेको आशंका गरिएका १७ र १९ वर्षका दुई युवाहरू घटनास्थल नजिकै पार्क गरिराखेको एउटा गाडीभित्र मृत अवस्थामा फेला परेका छन् । उनीहरूले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । मस्जिदलाई लक्षित गरीएको यो हिंसात्मक घटनालाई पुलिसले धार्मिक वा जातीय द्वेषका कारण गरिने अपराधका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले करिब ३० राउन्डभन्दा बढी गोली चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४