Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 437
    SHARES

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका सबै रिट निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन् । प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट दर्ता नगरिएको भन्दै कानुन व्यवसायीहरूले गुनासो गरेपछि उनले यस्तो आदेश दिएकी हुन् ।

कामु प्रधानन्यायाधीश मल्लले सोमबार जारी गरेको लिखित आदेशमा आज दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदनसमेत दर्ता गरी मंगलबार, जेठ ५ गतेका लागि पेशी तोक्न निर्देशन दिएकी छन् ।

यसअघि संवैधानिक परिषद्को बैठकले चौथो वरियताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए । तर, सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा पनि मुख्य रजिष्ट्रारले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले गुनासो गरेका थिए ।

सोही विषयमा केही कानुन व्यवसायीहरूले सोमबार कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर आफ्ना गुनासा राखेका थिए ।

आदेशमा मल्लले अदालतमा कानुनअनुसार दर्ता हुन आएका निवेदन रोक्नु न्यायप्राप्तिको अधिकारमाथिको अवरोध हुने उल्लेख गरेकी छन् । उनले भनेकी छन्, “कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतप्रतिको जनआस्थामाथि अविश्वास बढाउने व्यवहार हुन जान्छ ।”

उनले न्यायाधीशहरूसमक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज कुमार शर्माकै निर्देशनका कारण रिट दर्ता नगरिएको जानकारी प्राप्त भएको पनि आदेशमा उल्लेख गरेकी छन् ।

कामु प्रधानन्यायाधीश मल्लले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ बमोजिम प्रधानन्यायाधीशको हैसियतले आवश्यक निर्देशन र आदेश जारी गर्नुपरेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४