Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय मर्यादा उल्लंघन गरेकोमा गणेश पराजुलीद्वारा क्षमायाचना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 475
    SHARES

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गरेका छन् ।

प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उनले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गरेका हुन्। सो अवसरमा उनले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उहाँले सिकाउनुभएको संसदीय अभ्यास र मर्यादाको पाठले आजको प्रक्रियामा मार्गनिर्देश गरेको बताए ।

‘प्रतिनिधि सभा नियमावली २०८३’ को मस्यौदामाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । उनले सन् १२१५ को म्याग्नाकार्टादेखि नेपालको २०१६ सालको पहिलो संसदीय अभ्यास हुँदै हालसम्मका सातवटा नियमावलीहरूको विकासक्रमको चर्चा गरे। उनले यो मस्यौदाले संसदीय प्रक्रियालाई अझ बढी उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखेको समेत स्पष्ट पारे ।

सभापति पराजुलीले भने, ‘सदनको रोस्टमबाट व्यक्त भएका मेरा केही शब्दहरू असंसदीय र अशिष्ट भएको भनी प्रश्न उठेपछि सम्माननीय सभामुखज्यूले ती शब्दहरू हटाउन दिनुभएको आदेशलाई म उच्च सम्मान गर्दछु। मेरा शब्दका कारण आम जनतामा पर्न गएको असर र दुःखप्रति म गहिरो क्षमायाचना व्यक्त गर्दछु।’

नेपालको संविधानको धारा १०४ को उपधारा (१) बमोजिम गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको यो नियमावलीमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व र सहमति रहेको उनले जानकारी दिए । नियमावलीमाथिको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरूले आफ्ना धारणा र सुझावहरू राखेका छन् । पराजुलीले सांसदहरूबाट आएका रचनात्मक सुझावहरूलाई धन्यवाद दिँदै नियमावलीलाई थप समृद्ध बनाउन संशोधनको प्रक्रिया सुरु भएको बताए ।

सैद्धान्तिक छलफल समाप्त भएसँगै नियमावलीमाथि संशोधन प्रश्ताव पेस गर्न ७२ घण्टाको समय सीमा प्रारम्भ भएको छ । सांसदहरूले उठाएका प्रश्न र सुझावहरूलाई समितिमा पुनः छलफल गरिने र संशोधनहरू परेपछि आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४