Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छः बादल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३ २०८३
  • 665
    SHARES

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गर्दै अघि बढ्नु अहिले सिंगो पार्टी पंक्तिको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
आइतबार मदन आश्रित स्मृति सभाको अवसरमा काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले एमाले र त्यसको नेतृत्वलाई समाप्त पार्ने उद्देश्यका साथ देशी–विदेशी शक्तिहरू सक्रिय रहेको आरोप लगाए । उनले एमाले र अध्यक्ष ओलीको रक्षा गर्नु ऐतिहासिक जिम्मेवारीका रूपमा आएको बताए ।

उनले पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमहरू दासढुंगा हत्याकाण्डकै निरन्तरता भएको दाबी गरे । जेनजी आन्दोलन, निर्वाचन, सरकारका निर्णय तथा अध्यक्ष ओलीमाथि भइरहेका गतिविधिहरूलाई उनले एउटै श्रृंखलाका रूपमा व्याख्या गरे ।

थापाले सरकारले ल्याएको अध्यादेश, मन्त्रिपरिषद्का निर्णय तथा अध्यक्ष ओलीमाथि लगाइएका मुद्दाको प्रकृतिबारे प्रश्न उठाउँदै ती घटनाहरूलाई एमालेविरुद्धको योजनाबद्ध अभियानको हिस्सा भएको टिप्पणी गरे ।

“यी सबै घटनाक्रम दासढुंगा घटनाकै निरन्तरता हुन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई समाप्त पार्ने अभियान सञ्चालन भइरहेको छ,” उनले भने, “त्यसकारण एमाले र नेतृत्वको रक्षा गर्ने गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”

उपाध्यक्ष थापाले एमाले र पार्टी नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेको दाबी गर्दै त्यसविरुद्ध पार्टी पंक्तिलाई सचेत र संगठित भएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४