Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १ २०८३
  • 684
    SHARES

काठमाडौं । प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गरेका थिए ।

सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए ।

प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले बेल घेराउ र उभिएर विरोध प्रदर्शन जारी राखेका थिए ।

काँग्रेसको अवरोध र अन्य दलको बहिष्कारका बीच सभामुख अर्यालले सदनको कारबाही अगाडि बढाउँदै बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गराएका थिए ।

सरकारले प्रश्तुत गरेको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकता र कार्ययोजनाहरू समेटिएका छन् । सदनबाट पारित भएसँगै अब सरकारलाई बजेट निर्माण र कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४