Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई हर्कले भने-‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उत्तर दिन संसदमा आउनुस्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३१ २०८३
  • 589
    SHARES

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरीत भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुने पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताए ।

यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित भएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिए । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यङ्ग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताए ।

उनले भने ‘नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री हुनुहुन्न, म यसमा आपत्ति जनाउन चाहन्छु । सरकारको प्रमुख, उहाँले नै पेस गरेको नीति तथा कार्यक्रममा हामी छलफलमा छौँ । जीवन सिकाई हो, हरेक पल हामीले सिकिरहनुपर्छ, अरूलाई सुनिरहनुपर्छ । यति महत्त्वपूर्ण विषयमा हामीले छलफल गरिरहँदा सरकारको प्रमुख, जसले नीति तथा कार्यक्रम ल्याउनुभएको हो, जसले हामीलाई सुनिरहनुभएको छैन । उहाँले लाइभमा सुन्नुहुन्छ वा भरे भोली सुन्नुहुन्छ भन्ने पनि होला । तर यो संसदको मर्यादा विपरीत छ, संसदको परम्परा विपरीत पनि छ । म माग गर्न चाहन्छु, उहाँ यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यदि उहाँ आउनुहुन्न भने हाम्रो श्रम संस्कृति पार्टी बाहिरिनेछौँ । हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन । सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराई रहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ ।’

उनले देश विकास गर्न गफले मात्रै नहुने बताए । उनले सरकार लगायत सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रममा सबै सांसदहरूको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गरे । नीति तथा कार्यक्रममा संसदमा पर्याप्त छलफल हुन नसकेको उनको भनाई छ । उनले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४