Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छः डा. महत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 513
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

डा. महतले एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढंगले चल्न नहुने उहाँको तर्क छ । पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उहाँले कुनैपनि दुविधामा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै उहाँले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनैपनि अवस्थामा विग्रह आओस् भन्ने चाहँदैनौँ । तर विशेष अधिवेशनबाट चुनिएर आएको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने कानुनी र नैतिक जिम्मेवारी भुल्नु हुँदैन । हामी जे चाहन्छौँ, त्यही मात्र हुन्छ भन्ने सोच राखेर योगदान दिएका अन्य नेता–कार्यकर्ताको अर्थ छैन भन्ने किसिमले अगाडि बढ्नु गलत हुन्छ, यसले पार्टीलाई फाइदा पु¥याउँदैन ।’
१५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४